खाराको दोस्रो लडाइँ

खाराको दोस्रो लडाइँ २०६१ चैत २५ राति- २६ बिहान मा खारा, रुकुम स्थित सैन्य अड्डामा भएको लडाई थियो। यो नेपाली गृहयुद्धको प्रमुख लडाई थियो। शाही नेपाली सेनाले सफलतापूर्वक अन्त्यन्त न्यूनतम क्षतिमा आक्रमण गरेेेेको थियो भयो जबकि जनमुक्ति सेनाको तर्फ ठूलो हताहत भएको थियो।[३] पहिलो खारा लडाई पछी खारामा बिमान भेदी हतियार राखिएको थियो, र माओवादीहरूले त्यही हतियार प्राप्त गर्ने लक्ष्य राखेका थिए।

खाराको दोस्रो लडाइँ
माओवादी जनयुद्धको भाग
मिति२०६१ चैत २५-२६
स्थान२८°३३′४२″उ॰ ८२°२४′२९″पू॰ / २८.५६१६७°N ८२.४०८०६°E / 28.56167; 82.40806 ८२°२४′२९″पू॰ / २८.५६१६७°N ८२.४०८०६°E / 28.56167; 82.40806
परिणामशाही नेपाली सेनाको विजय
योद्धा

शाही नेपाली सेनाा

नेपाल नेपाल प्रहरी

जनमुक्ति सेना

  • पश्चिम डिभिजन
  • मध्य डिभिजन
सेनापतिहरू
प्यारजङ्ग थापा
मेजर हरिबाबु बोगटी
पुष्पकमल दाहाल[१]
नन्दकिशोर पुन
जनार्दन शर्मा
कृष्णबहादुर महरा
शक्ति
≈ युनिफाइड कमान्ड अन्तर्गत नेपाल प्रहरीका २५ जना कर्मचारी सहित १६६ जना सैनिक≈ ६,००० विद्रोही[२]
मृत्यु र क्षति
वीरगति≈ ३०० मृत्यु

स्थान

दक्षिण-पश्चिम रुकुमको पहाडमा खारामा सैनिक अड्डा अवस्थित थियो। रुकुम जिल्लालाई अत्यन्त माओवादी प्रभावित र आधार इलाका मानिन्थ्यो।[४] यो ब्यारेक सेनाको जिल्ला मुख्यालय, मुसिकोटबाट करीव १६ किलोमिटरको हवाई दूरीमा रहेको थियो। [५] यो सैनिक अड्डा माथि २०५९ जेठ १३ मा आक्रमण भएको थियो र शाही नेपाली सेनाको नेपाली सैनिक विमान सेवाले विद्रोहीलाई परास्त गरेको थियो र प्रत्याक्रमण गर्दा १५० भन्दा बढी विद्रोहीको हाताहात भएको थियो। [६][७]

लडाइँ

पासाङ को नेतृत्वमा रहेको जनमुक्ति सेनाको केन्द्रीय कमाण्डलाई आक्रमणको प्राथमिक जिम्मेवारी दिइयो भने पश्चिमी कमान्डले सहयोग गर्ने काम थियो। कम्पनीले चैत २५ मा बेलुका ३:३० मा हमला हुनेछ भन्ने कुरा स्थानीय स्रोतबाट पुष्टि गर्यो। [५]

ब्यारेक शिविरबाट पठाइएको एक अब्जरवेसन पोस्टको नजरमा बेलुका ६:०० मा बिद्रोहीहरू देखा परे। त्यसपछि दुवै पक्ष वीच मोर्टार प्रहार भयो। सैन्य शिविरको वरिपरि माइनफिल्डहरू र काँटेदार-तारको अवरोध थियो जसलाई विद्रोहीहरूले पार गर्न सकेनन्। [७] बिहान १:०० बजे विद्रोहीहरूले ट्रेन्च बनाएर पश्चिमी गेटमा तारबार तोड्न सफल भए, तर सेनाले छोटो दूरीको फायर र ग्रेनेड हमला गरेपछि उनीहरू अगाडि बढ्न सकेनन्। [५]

सेनालाई १२:३० देखि ४:३० सम्ममा ३ पटकसम्म हेलिकप्टरबाट मेशिन गन फायर र बम प्रहार गरी सहयोग गरेको थियो। १०:०० सम्ममा बीच-बीचमा गोलीबारी भएको थियो जब माओवादीहरू मारिएका र घाइतेलाई पुनःप्राप्त गर्न पछि हटे। [५]

पछि

जनमुक्ति सेनाको ६५ जनाको मृत्यु भएपछी उनीहरू पछाडि हट्नु परेको थियो। [८] यसभन्दा अघि गणेशपुर, पानडुन आदिमा खटाई विद्रोहीहरूले भोग्नुपरेको ठूलो क्षतिको कारण माओवादीले राजनीतिक दलहरूसँग हात मिलाए। [९] यस निर्णयलाई २०६२ असोज मा चुनबाङ केन्द्रीय समितिको बैठकले अनुमोदन गर्‍यो जसले २०६२ मङ्सिर मा आन्दोलनकारी राजनीतिक दलहरूसँग दिल्लीमा १२ बुँदे सहमति गरेको थियो। [१०]

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद