खप्तड गोल्डकप

खप्तड गोल्डकप (अन्यनाम:-आइस सुदूरपश्चिम खप्तड गोल्डकप) नेपालको धनगढी जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो। यस प्रतियोगिताको सुरूवात वि.स. २०७३ सालदेखि भएको थियो। सुदूरपश्चिमाञ्चल-११ फुटबल क्लबले सञ्चालन गर्ने यो प्रतियोगिता धनगढी रङ्गशालामा आयोजना हुने गर्दछ। पछिल्लो पटक २०७३ सालको संस्करणमा विभागीय टिम नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई फाइनलमा १-० गोल अन्तरले पराजित गर्दै पहिलोपटक खप्तड गोल्डकपको उपाधि जितेको थियो।

खप्तड गोल्डकप
खप्तड गोल्डकपको आधिकारिक लोगो
स्थापना२०७३
क्षेत्रनेपाल धनगढी
समूह सङ्ख्या१२ टिम (२०७४)
वर्तमान विजेतामनाङ- मर्स्याङ्दी क्लब
(२ औं उपाधि)
सबैभन्दा सफल क्लबमनाङ- मर्स्याङ्दी क्लब
(२ औं उपाधि)
खप्तड गोल्डकप २०७८

इतिहास

यस फुटबल प्रतियोगिताको सुरूवाट वि.स. २०७३ सालबाट भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणम‌ै यो प्रतियोगिता नेपाली घरेलु फुटबल प्रतियोगिताहरूकै सर्वाधिक महङ्गो प्रतियोगिता भएको थियो। जुन सर्वाधिक महङ्गो प्रतियोगिता नेपाल आर्मी क्लबले जितेको थियो। विजेताले त्यतिबेला कुल रकम रू.११,११,११११ प्राप्त गरेको थियो। तर यो प्रतियोगिताको सर्वाधिक धनराशिको किर्तिमानभने लगत्तै भएको इटहरी गोल्डकपले टोडेको थियो। यस्तै २०७५ सालको संस्करणमा पनि खप्तड गोल्डकप नेपाली मोफसल घरेलु फुटबल प्रतियोगिताको सर्वाधिक ठूलो वा धेरै धनराशिको प्रतियोगिता भएको थियो।

यो खप्तड गोल्डकपको पहिलो संस्करण मनाङ- मर्स्याङ्दी क्लबले संकटा क्लबलाई फाइनलमा १-० ले जितेको थियो। यस्तै दोस्रो संस्करण को प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले टाइब्रेकरमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ५-४ गोल अन्तरले जितेको थियो। यस्तै तेस्रो संस्करणमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १-० गोलअन्तरले पराजित गरेको थियो।

विजेताहरू

संस्करणवर्ष (वि.स.)विजेताउप-विजेतागोल अन्तर
प्रथम२०७३मनाङ- मर्स्याङ्दी क्लबसङ्कटा क्लब१-०
दोस्रो२०७४नेपाल आर्मी क्लबसशस्त्र प्रहरी बल क्लब०-०
(५-४)
तेस्रो२०७५नेपाल पुलिस क्लबथ्री स्टार क्लब१-०
चौथो२०७६सुदुरपश्चिम-११थ्री स्टार क्लब१-०
पाँचौ२०७८मनाङ- मर्स्याङ्दी क्लबफ्रेन्डस् क्लब३-१

उत्कृष्ट क्लब प्रदर्शनी

क्रं.स.टिमविजेताउपविजेताविजेता वर्ष
१.मनाङ मर्स्याङ्दी क्लब२०७३
२.नेपाल आर्मी क्लब२०७४
३.नेपाल पुलिस क्लब२०७५
४.सुदुरपश्चिम-११२०७६
५.थ्री स्टार क्लब_
६.सशस्त्र प्रहरी बल क्लब_
७.सङ्कटा क्लब_
८.फ्रेन्डस् क्लब

पुरस्कार राशि

२०७४ सालको प्रतियोगिता अनुसार नगद पुरस्कार वितरणहरू

  • प्रथम :(रू.११,११,१११)
  • द्वितीय :(रू.५,५५,५५५)

यो पनि हेर्नुहोस्

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद