खगडिया जिल्ला

(खगड़िया जिल्लाबाट अनुप्रेषित)

खगडिया जिल्ला भारतको बिहार प्रान्तको एक जिल्ला हो। यहाँ केरा अनि खुर्सानीको खेती प्रचुर मात्रामा हुन्छन्। गंगा,कोशी तथा गण्डक नदीहरू यहाँको मुख्य नदीहरू हुन। यो बिहारको महत्त्वपूर्ण जिल्लाहरू मध्ये एक हो। कात्यायनी, श्यामलाल नेशनल हाई स्कुल र अजगैबिनाथ महादेव यहाँको प्रमुख दर्शनीय स्थल हुन। यसको जिल्ला सदरमुकाम खगाडिया शहरमा छ। यो जिल्ला सात नदिहरू गंगा, कमला बलान, कोशी, बुढि गण्डकी, करहा, काली कोशी र बागमतीनदीहरूबाट घेरिएको छ। यस बाहेक, यो जिल्ला सहरसा जिल्लाको उत्तरमा, मुंगेर र बेगुसराय जिल्लाको दक्षिणमा, भागलपुर र मधेपुरा जिल्लाको पूर्व तथा बेगुसराय र समस्तीपुर जिल्लाको पश्चिमबाट घेरिएको छ। यस ठाउँलाई फराकिया भनेर पनि चिनिन्छ। भनिन्छ कि पांच शताब्दी पूर्व मुगल शासकको राजा अकबरले आफ्नो मन्त्री तोडरमललाई निर्देश दिए कि सम्पूर्ण साम्राज्यको एउटा नक्शा तयार गरियोस। तर मन्त्री यस क्षेत्रको नक्शा तयार गर्न सफल भएन किन भनें यो ठाउँ धेरैनै अप्ठयारो मैदान, नदिहरू र सघन जंगलहरूबाट घेरियेको थियो।यही कारण हो कि यस ठाउँको नाम फराकिया राखियो। वर्तमान समयमा यहाँ फराकियांचल टाइम्स नामक साप्‍ताहिक समाचार पत्र पनि प्रकाशित हुन्छ।



🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद