कोष

कोष भनेको प्राणीहरुका शरीरको आधारभूत इकाइ हो। कुनै पनि प्राणीमा रहेको कोषले प्राण/जीवनसंग समबन्धित आधारभूत क्रियाकलापहरु गर्न सक्ने क्षमता राख्ने हुनाले यी संरचनाहरूलाई जीवनको आधारभूत इकाइको रूपमा लिइन्छ। अति साधारण रूपमा भन्नुपर्दा प्राणीहरुका कोष एक लाईपोप्रोटिनद्वारा बनिएको खोलभित्र रहेको प्रोटिन, पानी र न्युक्लिक एसिडहरूको कार्यगत इकाइ हो। कोषभित्र विभिन्न संरचनाहरु हुन्छन। बहुकोषीय प्राणीहरूमा विभिन्न कोषहरु कोषभित्र रहेका संरचनाहरूको भिन्नता, कोषको रुप तथा आकारको आधारमा भिन्न हुन्छन। प्राणीहरु कोषको वैकासिकताको आधारमा कम उन्न्त (प्रोकेरियोटिक) र उन्नत (युकेरियोटिक)मा विभाजन गर्न सकिन्छ। यी दुई प्रकारका कोषहरूमा आधारभूत भिन्नता कोषको न्युक्लियस (केन्द्र) हो। बहुकोषीय प्राणीहरूमा विभिन्न कोषहरु मिलेर तन्तु, अङ्ग र व्यवस्था हुंदै शरीर बन्दछ। तन्तु भनेको, प्रायः एकै प्रकारका कोषहरूको समूह हो भने अङ्ग भनेको विभिन्न प्रकारका तन्तुहरु मिलेर बनाउने कार्यगत इकाइ हो। व्यवस्था भनेको विभिन्न अंगहरु मिलेर शरीरको कुनै एक जैविक प्रकृया गर्ने संरचना हो। यस्ता विभिन्न संरचनाहरु मिलेर, अन्त्यमा प्राणीको पूर्ण शरीर बन्दछ।

  कोषलाई सबैभन्दा पहिला बेलायतका बैज्ञानिक Robert Hook ले सन् १६६५ मा पत्ता लगाएका थिए।

हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद