कैलाशनाथ महादेव मन्दिर


कैलाशनाथ महादेव मन्दिर () भक्तपुर जिल्ला चित्तपोल गाविसको वडा नम्बर ५मा रहेको छ । काभ्रेपलाञ्चोक जिल्लाभक्तपुर जिल्लाको सिमानामा रहेको यो महादेवको मुर्ति १४३ फिट अग्लो छ । उक्त मुर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मुर्ति भएको दावी गरिएको छ । भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा मूर्ति बनाएका हुन । विश्वकै अग्लो भनिएको १४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्तिको बदि्रकाधाम पिठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी श्री माधवश्रम जी महाराजले प्रतिष्थापन गरेका हुन । मूर्ति निर्माणका लागि विगत ६ वर्षदेखि १०० जना नेपाली र भारतका कालिगढ खटिएका थिए । गिट्टी बालुवा सिमेन्ट डन्डी प्रयोग गरिएको सो मूर्तिलाई घाम र पानीबाट बचाउन जिङक कोटेड गरेर तामालाई स्प्रे गरिएको छ । त्यसको लागि ६ हजार किलोग्राम तामा र जिङ्क लागेको बताइन्छ । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यस मन्दिर क्षेत्रमा मारकाट मदिरा र धुम्रपान निषेध गरिएको छ ।

🔥 Top keywords: भानुभक्त आचार्यमुख्य पृष्ठविशेष:Searchनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाखड्गप्रसाद ओलीनेपालको सर्वोच्च अदालतपुष्पकमल दाहालSpecial:Searchइन्द्रबहादुर राईनेपालको प्रधानमन्त्रीपृथ्वीनारायण शाहनेपालनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूमदनमणि दीक्षितसमाजनेपालको संविधान २०७२गौतम बुद्धपशुपतिनाथ मन्दिरअगमसिंह गिरीप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिनिधि सभा (नेपाल)बागमती प्रदेशत्रिशूली नदीगोपालप्रसाद रिमालविशेष:RecentChangesनेपाली शब्दकोशदोस्रो विश्व युद्धपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूनेपालको भूगोलनेपालको इतिहासलुम्बिनी प्रदेशभानु जयन्तीचारकोसे झाडीस्थानीय तहनेपालका राजाहरूको सूचीमोड्युल:Infobox road