काइरी सेन

काओरी हउसाको (जापानी: 宝城カイリ), (जन्म: २३ सेप्टेम्बर १९८८) एक जापानी व्यावसायिक कुस्ती खेलाडी र अभिनेत्री हुन् जो पहिला डब्ल्युडब्ल्युईको ब्रन्डमा काइरी सेनको नामले कुस्ती खेल्ने गर्दथिन्। काइरी सेन उनको ट्याग टिम साथी असुकाको साथ महिला ट्याग टिम विजेता थिइन् भने यसअघि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीको महिला विजेता पनि बनेकी थिइन्। [१][२][९]

काइरी सेन
宝城カイリ
सन् २०१८ मा सेन
वास्तविक नाम宝迫 香織
जन्म (1988-09-23) सेप्टेम्बर २३, १९८८ (उमेर ३५)[१][२]
हाकिरी, यामागुची, जापान[१][२]
निवासस्थानओर्लान्डो फ्लोरिडा, अमेरिका
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामदोकु[३]
काइरी होजो[१]
काइरियन[४][५]
काइरी सेन[६]
पिरेट्स केइसर[७]
उचाई५ फिट १ इन्च (१५५ सेमी)[१]
तौल११५ पाउन्ड (८ स्टोन ३ पाउन्ड; ५२ किग्रा)[१][२]
उत्पत्तियामागुची, जापान
प्रशिक्षकफुकु[८]
पदार्पण७ जनवरी २०१२[१][२]

काइरीले सन् २०१२ मा विश्व वन्डर रिङ स्टारडममा रिङ नाम काइरी हजोको रूपमा कुस्ती कार्यकालको आधिकारिक सुरुवात गरेकी थिइन् भने उक्त पदोन्नति अन्तर्गत उनले उक्त कार्यक्षेत्रमा पाँच वर्ष कुस्ती खेलेकी थिइन्। उक्त पदोन्नति अन्तर्गत उनी एक पटक वर्ल्ड अफ स्टारडम विजेता, तीनपटक गडेस अफ स्टारडम विजेता र चारपटक उत्कृष्ट खेलाडीको रूपमा घोषित भएकी थिइन्। उनको सन् २०१७ मा स्टारडम कुस्तीबाट डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पदोन्नति भएको थियो जहाँ उनले तीनवर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिइन्।[१०] उनले एनएक्सटीमा आय‍जित पहिलो मे योङ क्ल्सिक पनि जित्न सफल भइन् भने त्यसको एक वर्षपछि उनले एनएक्सटी महिला उपाधि पनि हात पार्न सफल भएकी थिइन्।

व्यावसायिक कुस्ती कार्यकाल

सन् २०१३ मार्चमा सेन

हउसाकोले सन् २०११ देखि कुस्तीको एक निकाय स्टार्डममा कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। सन् २०११ नोभेम्बर १४ मा उनी उक्त संस्थाले उनलाई छनोट गरी तेस्रो दर्जाको कुस्ती खेलाडीको रूपमा मान्यता प्रदान गरेको थियो।[११][१२][१३] सन् २०१२ जनवरी २०१२ मा उनले स्टार्डम कुस्ती अन्तर्गत काइरी होजोको रूपमा पहिलो खेल याजुकी अकिवासँग खेलिन् जहाँ उनी पराजित भएकी थिइन्।[१४][१५] सन् २०१२ को नोभेम्बर महिनामा उनले उक्त कार्यक्षेत्र अन्तर्गत नाटसुमी सोजुकीसँग एक टोलीको गठन गरेकी थिइन् जसले सन् २०१२ मा आयोजित गडनेस अफ स्टार्डम ट्याग टिम लिगमा दोस्रो स्थान हासिल गर्न सफल भएका थिए।[१६][१७] होजोले उक्त पदोन्नति अन्तर्गत सन् २०१३ अप्रिल २९ मा पहिलो महिला उपाधि जित्न सफल भएकी थिइन्।[१८] सन् २०१३ जुन २३ मा होजो, काओरी योनियामा र युसीको टोलीले क्रिस्टिना भान इरी, हेइली हेटरेड र कोयोको किमुरालाई हराउँदै खाली रहेको आर्टिस्ट अफ स्टार्डम उपाधि जित्न सफल भएका थिए।[१९] सन् २०१४ मा होजोले स्टार्डमको कुस्ती पदोन्नति अन्तर्गत मेक्सिकोमा गई ड्रागन मेनिया ९ र लुचा फ्यान फिस्ट ८ जस्ता कार्यक्रमहरूमा प्रतिनिधित्व गरेकी थिइन्। [२०]

डब्ल्युडब्ल्युई

सुरुवाती चरण र मे योङ क्लासिकमा पर्दापण (सन् २०१६–२०१७)

सन् २०१६ को अक्टोबर महिनामा हउसाकोलाई डब्ल्युडब्ल्युईले त्यसको विकासशील क्षेत्रमा आवद्ध हुन एक सम्झौता पत्र हस्तान्तरण गरेको‍ थियो।[२१] उनले एक अन्तर्वार्तामा भनेकी थिइन् की उनी डब्ल्युडब्ल्युईमा जान इच्छुक छिन् तर उनले त्यस समय आफ्नो अन्तिम निर्णय सार्वजनिक गरेकी भने थिइनन्।[२२] सन् २०१७ मा उनले डब्ल्युडब्ल्युईसँग ३ वर्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिइन् तर त्यहाँ उनको आमदानी जापानमा भन्दा कम रहेको थियो।[२३] जापानको टोक्योमा डब्ल्युडब्ल्युईले गरेको एक घरेलु कुस्ती कार्यक्रम खेलको एक श्रव्य दृश्यमा हउसाकोले उनको रिङ नाम काइरी सेन राखेकी थिइन् भने उनी आउँदो एनएक्सटी मे योङ क्लासिक प्रतिस्पर्धामा एक प्रतिस्पर्धीको रूपमा भाग जानकारी दिएकी थिइन्।[२४][२५]

१३ जुलाई २०१६ मा सेनले उक्त पदोन्नति अन्तर्गत पहिलो खेल मे योङ क्लासिकको पहिलो चरणमा टेसा ब्लान्चर्डको विरुद्धमा खेलेकी थिइन् जहाँ उनले पहिलो खेल जित्न सफल भएकी थिइन्। [२६] त्यसको अर्को दिन सेनले उक्त प्रतियोगिताको दोस्रो चरणमा बियाङ्का बालेयर, डाकोटा काईलाई क्वाटरफाइनलमा र टोनी स्टोर्मलाई सेमिफाइनलमा हराउँदै फाइनलसम्मको यात्र तय गरेकी थिइन्। एक प्रतिवेदनका अनुसार अघिल्ला खेलहरूबाट उनको घाँटीमा समस्या देखिएको जानकारी प्राप्त भएको थियो।[२७] १२ सेप्टेम्बर २०१६ का दिन सेनले मे योङ क्लासिकक‍ अन्तिम खेलमा सेइना बेज्लरलाई हराउँदै खाली रहेको एनएक्सटी महिला उपाधिका लागि पहिलो दाजेदार बन्न सफल भएकी थिइन् जुन खेल आउँदो एनएक्सटी टेकओभरमा आय‍जना गरिने घोषणा भएको थियो। [२८][२९][३०]

एनएक्सटी महिला विजेता (सन् २०१७–२०१९)

सन् २०१८ अप्रिलमा सेन

सन् २०१७ अक्टोबर एनएक्सटीको एक शृङ्खलामा टेलिभिजन पर्दापण गरेकी थिइन् जहाँ उनले उनको पहिलो खेलमा अलियालाई हराउन सफल भएकी थिइन्।[३१] सन् २०१७ नोभेम्बरमा आयोजित एनएक्सटी टेकओभर: वार गेम्समा सेनले खाली रहेको एनएक्सटी महिला उपाधिका लागि फेटर फोर वे खेलमा (४ जना एकएक्लो प्रतिस्पर्धीको रूपमा खेलिने कुस्ती खेल) भाग लिएकी थिइन् तर उक्त खेल भने एम्बर मुनले जित्दै उपाधि जितेकी थिइन्।[३२] सन् २०१८ जनवरी २८ मा डब्ल्युडब्ल्युई द्वारा आयोजित पहिलो महिला रोयल रम्बलमा सेनले भाग लिएकी थिइन् जहाँ उनी छैटौँ प्रतिस्पर्धीको रूपमा रिङ प्रवेश गरेकी थिइन् तर उनी उक्त खेलमा मात्र पाँच मिनेट मात्र टिक्न सकिन् भने उनलाई डाना ब्रुकले खेलेबाट निस्कासन गराएकी थिइन्।[३३][३४] उक्त खेलको तीन महिना पछि आयोजित रेसलमेनियामा सेनले पहिलो महिला रेसलमेनिया ब्याटल रोयलमा भाग लिएकी थिइन् भने उनको साथसाथै डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत अन्य महिला कुस्ती खेलाडीले पनि खेलमा भाग लिएका थिए।[३५] उक्त खेलबाट सासा बेङ्क्सले निस्कासन गराएकी थिइन्। त्यस पछिका एनएक्सटीको केही शृङ्खलामा सेनको द्वन्द्व लेइसी एभेन्ससँग सुरुवात भएको थियो जहाँ उनीहरूले एक अर्काको खेलमा अवरोध पुर्‍याउँदै एक अर्कालाई आक्रमण गर्ने गरेका थिए।[३६][३७][३८][३९][४०] ६ जुन २०१८ मा आयोजित एनएक्सटीको एक शृङ्खलामा सेनले इभेन्सलाई एक खेलमा हराउँदै उनीहरू बीचको द्वन्द्वलाई अन्त्य गरेकी थिइन्। [४१]

सन् २०१८ को जुलाई महिनामा सेनले एक ट्रिपल थ्रेड खेलमा निकी क्रस र केन्डिस लिरोईलाई हराउँदै सेइना बेज्लरको एनएक्सटी महिला उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन् भने यसअघि पनि उनीहरू बीचको खेल मे योङ क्लासिका केही समूह चरणका तथा अन्तिम चरणका खेलहरूमा भएक‍ थियो।[४२] सन् २०१८ अगस्ट १८ का दिन आयोजित एनएक्सटी टेकओभर: ब्रोक्लेन चौँथोमा सेनले तत्कालीन एनएक्सटी महिला विजेता सेइना बेज्लरलाई हराउँदै पहिलोपटक एनएक्सटी महिला उपाधि जित्न सफल भएकी थिइन्।[४३] सन् २०१८ अक्टोबरमा आयोजित महिला कुस्ती खेलाडीहरूको मात्र खेल समावेश गरिएको इभोलुसन नामक एक कुस्ती कार्यक्रममा पुनः सेन र बेज्लरक‍ उपाधिका लागि खेल भएको थियो तर उक्त खेलमा मरिना सरिफ र ज्यासमे डुकले अवरोध पुर्‍याएपछि सेनले उपाधि गुमाएकी थिइन्। उपाधि गुमाएको तीन हप्ता पछि सेनले पुनः उपाधिका लागि बेज्लरसँग एक खेल खेलेकी थिइन् तर उक्त खेलमा पनि मरिना सरिफ र ज्यासमे डुकले अवरोध पुर्‍याएका करण सेन पराजित हुन पुगेकी थिइन्।[४४][४५][४६] प्रत्येक खेलहरूमा मरिना सरिफ र ज्यासमे डुकले अवरोध पुर्‍याउन थालेपछि सेनले पनि डाकोटा काई र लो सिराईसँग सहकार्य गर्दै एक टोली गठन गरेकी थिइन् जसले पछि उनीहरूको विरुद्धमा केही कुस्ती खेलहरू खेलेको थियो।[४७][४८][४९][५०] ५ अप्रिल २०१९ का दिन एनएक्सटी द्वारा आयोजित एनएक्सटी टेकओभर: न्यु योर्कमा उनले एनएक्सटी महिला उपाधिका लागि फेटल फोर वे खेलेकी थिइन् तर उक्त खेलमा बेज्लरले बियाङ्का बालेयरलाई आत्मसमर्पण गराइन् जसकारण उनले उपाधि गुमाउनु परेन।[५१][५२][५३][५४] उक्त खेलको ६ दिन पश्चात् अप्रिल ११ मा आयोजित एनएक्सटीको एक शृङ्खलामा सेन पुनः बेज्लरसँग पराजित भएकी थिइन्। [५५][५६][५७]

द कबुकी ओरियर्स (सन् २०१९-हाल)

सन् २०१९ अप्रिल १६ का दिन आयोजित डब्ल्युडब्ल्युई स्म्याकडाउनको एक शृङ्खलामा पेइजले भर्खरै एनएक्सटीबाट पदोन्नति भएर डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा आएकी काइरी सेन र डब्ल्युडब्ल्युईको अर्को मुख्य कार्यक्षेत्र बाट स्थानान्तरण भएर स्म्याडाउनमा सरेकी आस्कालाई लिइर एक टोली गठन गर्ने र ती टोलीको प्रबन्धकको रूपमा काम गर्ने घोषणा गरेकी थिइन्।[५८][५९] सेन र असुकाको टोलीक‍ नाम पछि "द कबुकी ओरियर्स" राखिएको थियो जसले तात्कालिक महिला ट्याग टिम विजेता द आइक‍निक्ससँग (बिली केपिटन रोइस) उनीहरूको महिला ट्याग टिम उपाधिका लागि द्वन्द्वको सुरुवात गरेको थियो।[६०][६१][६२] हरेक हप्ताको स्म्याकडाउन लाइभका शृङ्खलाहरूमा द आइक‍निक्स द कबुकी ओरियर्सबाट टाढा हुन खोजेता पनि डब्ल्युडब्ल्युईले जापानको टोक्योमा आयोजना गरेको एक कुस्ती कार्यक्रममा द कबुकी ओरियर्स र द आइकोनिक्सको खेल बिना उपाधिका लागि भएक‍ थियो जहाँ सेन र आस्काले बिली के र पिटन रोइसलाई हराउँदै महिला ट्याग टिम उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएका थिए।[६३][६४][६५]

अगस्ट २०१९ मा द कबुकी ओरियर्सले तत्कालीक महिला विजेता निकी क्रसअलेक्सा ब्लिससँगको महिला उपाधिका लागि खेलमा पराजित भएका थिए।[६६][६७] केही क्षणिक अवकाश पछि द कबुकी ओरियर्स पुनः खेलमा फर्किएका थिए भने सेप्टेम्बर २०१९ मा उनीहरूले फायर एण्ड डिजायरलाई (मेन्डी रोजसोनिया डभिल) हराउन सफल भएका थिए।[६८] अक्टोबर ६ का दिन आयोजित हेल इन अ सेल पे पर भ्युमा द कबुकी वोरियर्सले अलेक्सा ब्लिस र निकी क्रसलाई हराउँदै महिला ट्याग टिम उपाधि हात पार्न सफल भएका थिए।[६९][७०]

उपाधि तथा उपलब्धिहरू

  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • १०० महिला कुस्ती खेलाडी मध्ये उत्कृष्ट १० मा पर्न सफल (सन् २०१७ र सन् २०१८ मा) [७१][७२]
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • सन् २०१८ मा १० महिला कुस्ती खेलाडी मध्ये ८औँ स्थानमा पर्न सफल [७३]
  • वर्ल्ड वन्डर रिङ स्टार्डम
    • आर्टिस्ट अफ द स्टार्डम उपाधि (४ पटक) – काओरी योनीयामा र युही (१), चेल्सी र कोगुना (१), लो सिराई र मियु इत्वानी (१), र हिरोमी मिमुरा र कोनामीसँग (१)
    • गडेस अफ स्टार्डम च्याम्पियनसिप (३ पटक) – नात्सुमी सोजुकी (१), निनेई ताकाहासी (१), र योको बिटो (१)
    • वन्डर अफ स्टार्डम च्याम्पियनसिप (१ पटक)
    • वर्ल्ड अफ स्टार्डम (१ पटक)
    • वर्ल्ड अफ स्टार्डम च्याम्पियनसिप प्रतियोगिता (सन् २०१५)
    • ५★स्टार जिपी (सन् २०१५)
    • गडेस अफ स्टार्डम ट्याग लिग (सन् २०१६) – योको बिटोसँग
    • ५★स्टार जिपी उत्कृष्ट खेल पुरस्कार (सन् २१४) नानेई ताकाहासी विरुद्ध[७४]
    • उत्कृष्ट खेल पुरस्कार (सन् २०१४) नानेई ताकाहासीसँग रिसा सेरा र ताकोमी इरोहा विरुद्ध[७५]
    • उत्कृष्ट ट्याग टिम पुरस्कार (सन् २०१४) नानेई टाकाहासीको विरुद्ध[७५]
    • उत्कृष्ट ट्याग टिम पुरस्कार (सन् २०१६) य‍को बिटोसँग[७६]
    • एमभिपी पुरस्कार (सन् २०१५)[७७]
    • वर्षको सर्वोत्कृष्ट प्रस्तुति (सन् २०१३)[७८]
    • टेक्निक पुरस्कार (सन् २०१६)[७६]
  • डब्ल्युडब्ल्युई
    • एनएक्सटी महिला उपाधि (१ पटक)
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम उपाधि (१ पटक, वर्तमान) - आस्कासँग
    • मे योङ क्लासिक (सन् २०१७)
    • एनएक्सटी वर्ष समाप्ति पुरस्कार (२ पटक)
      • वर्षको उत्कृष्ट महिला खेलाडी (सन् २०१८)
    • डब्ल्युडब्ल्युई वर्ष समाप्ति पुरस्कार[७९]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद