कम्पनी ऐन, २०६३

कम्पनी ऐन, २०६३ (अङ्ग्रेजी: Company Act, 2063) नेपालमा कम्पनीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन हो ।[१] यो ऐनको प्रस्तावनामा आर्थिक उदारीकरणद्वारा उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन तथा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल र पारदर्शी बनाउन कम्पनीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले प्रतिनिधिसभाले यो ऐन बनाएको भन्ने व्यहोरा उल्लेख भएको छ । यस ऐनलाई नेपाल सरकारले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कार्यान्वयन तथा प्रसाशन गरिन्छ । यस ऐनमा नेपालमा दर्ता हुने तथा भएका कम्पनीहरूले पालना गर्नु पर्ने व्यवस्था उल्लेख गरिएको छ । यो ऐन नेपालमा २०६३ असोज २० गते देखि लागु भएको हो ।

कम्पनी ऐन, २०६३
अन्तरिम व्यवस्थापिका संसद
प्रादेशिक सीमानेपाल
पारितकर्ताप्रतिनिधि सभा
अधिनियमित मिति२०६३
स्थिति: अज्ञात

यो ऐन आउनु अघि नेपालमा कम्पनी ऐन, २०५३ कार्यान्वयनमा थियो ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद