ईटानगर

ईटानगर (/ˌ[invalid input: 'ee']ˈt[invalid input: 'ah']nəɡər/;) भारतको राज्य अरुणाचल प्रदेशको राजधानी सहर हो । यो हिमालयको तराईमा अवस्थित छ । समुद्र सतहदेखि यसको उचाई ३५० मिटर छ । यो प्रादेशिक राजधानी भएको कारण सडक व्यवस्था राम्रो छ । गुवाहाटी र ईटानगरको नाहरलागुनको मध्यमा हेलिकप्टर सेवाको विकल्प समेत रहेको छ । हेलिकप्टर वाहेक पर्यटक बसहरूद्वारा पनि गुवाहटी देखि ईटानगरसम्म पुग्न सकिन्छ ।

ईटानगर
Itanagar
सहर
ईटानगरमा रहेको जवाहरलाल नेहरु सङ्ग्रहालय
ईटानगरमा रहेको जवाहरलाल नेहरु सङ्ग्रहालय
देश भारत
राज्यअरुणाचल प्रदेश
जिल्लापपुमपारे जिल्ला
उन्नतांश
७५० मिटर (२४६० फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा३४,९७०
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
सवारी दर्ताAR-01,AR-02,ARX

इतिहास

ईटानगरको खोज मायापुर सँगै भएको थियो । मायापुर ११औं शताब्दीमा जित्रि वंशको राजधानी थियो । ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन् । यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो । यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो । पर्यटक यस किल्लामा कयौं सुन्दर दृश्य हेर्न सक्छन् । हाल आएर यस किल्लालाई राजभवनको नामले जान्ने गरिन्छ र यो यहाँको राज्यपालको सरकारी निवास हो ।

भूगोल

ईटानगर २७°०६′N ९३°३७′E / २७.१°N ९३.६२°E / 27.1; 93.62मा अवस्थित छ ।[१] यसको औसत उचाई ७५०  मिटर रहेको छ ।

जनसङ्ख्या

मुख्य पर्यटन स्थल

किल्ला

ईटा किल्ला, ईटानगर

ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन् । यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो । यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो । पर्यटक यस किल्लामा कयौं सुन्दर दृश्य हेर्न सक्छन् । किल्लाको भ्रमण गरेर पर्यटकहरू यहाँ पौराणिक गङ्गा ताल पनि हेर्न सक्छन् ।[२]

पौराणिक गङ्गा ताल

यो ईटानगरदेखि ६ किलोमिटरको दूरीमा स्थित छ । यस ताल नजिकै एक मनमोहक जङ्गल पनि छ । पर्यटकहरू यस जङ्गलमा सुन्दर रुख-विरुवा, वन्य जन्तु र फूलको बगैंचा हेर्न सक्छन् । यहाँ आउने पर्यटकहरू यो स्थान आएर जाने गर्छन् ।

बौद्ध मन्दिर

यहाँ एउटा सुन्दर बौद्ध मन्दिर रहेको छ । बौद्ध गुरू दलाई लामा पनि यसको यात्रा गरिसकेका छन् । यस मन्दिरको छाना पहेलो छ र यस मन्दिरको निर्माण तिब्बती शैलीमा गरिएको छ । यस मन्दिरको माथिल्लो तल्लाबाट पुरै ईटानगरको सुन्दर दृश्यहरू हेर्न सकिन्छ । यस मन्दिरमा एक सङ्ग्राहलयको निर्माण पनि गरिएको छ । यसको नाम जवाहर लाल नेहरू सङ्ग्राहलय हो । यस सङ्ग्रहालयमा पर्यटकहरू पुरै अरूणाचल प्रदेशको झलक हेर्न सक्छन् ।

अन्य स्थल

यी स्थलहरू वाहेक यहाँ काठले बनेका सुन्दर वस्तुहरू, वाद्ययन्त्र, हस्त कपडा, हस्तनिर्मित वस्तुहरू तथ् कलाकृतिहरू हेर्न सकिन्छ । यहाँ रहेका सङ्ग्राहलयमा पुस्ताकलयको पनि निर्माण गरिएको छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद