आरसीटि क्लब

रानीपोखरी कर्नर टिम एक नेपालको चर्चित फुटबल क्लब हो। यो क्लबको घरेलु मैदानको रूपमा दशरथ रङ्गशालालाई लिने गर्दछ।[३] सन् २०१३-१४ सालमा आरसीटि क्लबलाई ठूलो आर्थिक समस्या परेको थियो।[४] वि.स. २०७० सालको सहिद स्मारक ए-डिभिजन लिगमा यस क्लब रेलिगेसनमा परेको थियो।[२][५]

रानीपोखरी कर्नर टिम
पुरा नामरानीपोखरी कर्नर टिम
उपनाम(हरू)आरसीटि
स्थापनासन् १९३२[१][२]
मैदानदशरथ रंगशाला, काठमाडौँ, नेपाल
मैदान क्षमता२५,०००
लिगसहिद स्मारक बि-डिभिजन लिग

यस क्लब नेपालको सर्वाधिक पुरानो फुटबल क्लबहरू मध्ये एक हो।[१] साथै नेपालको राष्ट्रिय फुटबल लिगमा सर्वाधिक सफल यो क्लबले मनाङ मर्स्याङ्दी क्लब पछि शहिद स्मारक लिग ६ पटक जित्न सफल भएको थियो। [६]

इतिहास

आरसीटि क्लब सर्वाधिक पुरानो नेपाली फुटबल क्लबहरू मध्ये एक हो। क्लबले नेपाली राष्ट्रिय लिगमा ह्याट्रिक उपाधि (लगातार ३ पटक) समेत जित्न सफल भएको छ। जुन २०२८ देखि २०३० सम्मको राष्ट्रिय लिग यो क्लबले लगातार तीन पटकसम्म उपाधि हात परेको थियो।

स्थापना

अखिल नेपाल फुटबल सङ्घ अन्तर्गत बि डिभिजनमा रहेको काठमाडौँ रानीपोखरी नजिकै रहेको आरसीटी ८४ वर्षअघि स्थापना भएको हो। काठमाडौँको रानीपोखरी नजिकै रहेका टोलहरु कमलाक्षी, भोटाहिटी, महाबौद्ध, त्यौड, न्हैकन्तला र बालकुमारीका युवाले आ–आफ्ना समूह बनाएर फुटबल खेल्ने क्रममा आरसीटी क्लबको स्थापना भएको मानिन्छ। राणा प्रधानमत्री वीरशमशेरका छोरा तत्कालिन कमान्डर इन चिफ रुद्र शमशेरले आरसिटी क्लब स्थापना गर्न सहयोग गरेको इतिहास छ।

राष्ट्रिय लिग प्रदर्शनी

नेपालकै इतिहासमा ए-डिभिजन लिगमा एकै क्लबका तीन टोलीले खेलेको रेकर्ड अहिलेसम्म कसैले भङ्ग गर्न सकेको छैन। आरसिटी क्लब कुनै बेला अन्नपूर्ण फुटबल क्लब, सुपर आरसीटि क्लब र आरसिटी नामबाट ए डिभिजन लिग खेल्ने गर्दथ्यो। कुनैबेला ए डिभिजनमा दबदबा राख्न सक्ने आरसिटी २०७० सालमा बि डिभिजनमा घटुवा भएको थियो। ए डिभिजनदेखि सी डिभिजन फुटबल एकै सिजन खेल्ने क्लब आरसिटी हो । आरसिटीले आधिकारिक रूपमा २०२४ सालबाट बि डिभिजन फुटबल खेलको थियो र आरसीटीले २०२८ देखि ३० सालसम्म लगातार सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको थियो। त्यसपछि क्लबले २०३३, २०३७ र २०३८ लिगमा सफलता हात पारेको थियो। त्यसक्रममा अन्नपूर्णले २०३९ सालमा लिग उपाधि जितेको थियो।

राणा विरूद्व आरसीटि

आरसिटीले नेपाली फुटबलमा इतिहास मात्र रचेको छैन, प्रजातन्त्रका लागि सङ्घर्ष पनि गरेको इतिहास छ। राणा शासनविरुद्ध एक ढिक्का भएर लडेको आरसिटीले पञ्चायतकालिन समयमा पनि प्रजातन्त्रको लागि हतियार बनेर लडेको थियो। सन् १९९० सालको महाभूकम्पअघि नै स्थापना भएको आरसिटी तत्कालीन समयमा राणशासनविरुद्ध जनताको प्रतिनिधित्व गरेर खेल्ने टिमका रूपमा इतिहासमा दर्ज छ। आरसिटीले अर्को दुर्लभ इतिहास पनि बनाएको छ। त्यो हो पञ्चायती व्यवस्था र राजनीतिक व्यवस्थाको खिल्ली उडाउन १ सय १ गोल गरेर। कुरा २०३३ सालको सहिद स्मारक ए डिभिजन लिगको हो । त्यसबेला आरसिटीले अन्नपूर्ण क्लबलाई १ गोलका विरुद्ध १ सय १ ले पराजित गरेको थियो, जुन नेपाली फुटबलमा दुर्लभ इतिहासका रूपमा चर्चा गरिन्छ। आरसिटीले आफूभित्रकै अर्को समूह अन्नपूर्णलाई एक सय एक गोल गरेर शासकमाथि उपहास गरेको थियो। त्यसबेला १ सय १ गोल गर्नुको उद्देश्य तत्कालीन समयको राजनीतिक व्यवस्थाको खिल्ली उडाउनु रहेको त्यसबेलाका खेलाडीहरूको भनाइ छ।

जर्सी प्रतिबन्ध

आरसिटी क्लबले लगाउने जर्सीसमेत प्रतिबन्धमा परेको इतिहास छ। जर्सीको अगाडिको भागमा चार तारा भएको (हालको नेपाली कांग्रेसको झन्डा शैलीमा) मा आरसीटीले बनाएको त्यसबेलाको जर्सी श्री ५ को सरकारले प्रतिबन्ध लगाएको थियो।

रेकर्डहरू

आरसिटि क्लबले नेपाली क्लब फुटबल जगतमा राखेका केही रेकर्डहरू

  • एकै सिजन एउटै क्लबका विभिन्न तीन टिमहरूले राष्ट्रिय लिगमा सहभागी जनाएको टिम,
  • एकै सिजन तीनवटा फरकफरक डिभिजनमा फरकफरक टिम सहभागी गराउने टिम,
  • सहिद स्मारक लिगमा उपाधि ह्याट्रिक गर्ने टिम,
  • सहिद स्मारक लिगमा सर्वाधिक १०१-१ को गोल अन्तरमा विजयी हुने टिम,
  • पहिलो पटक आफ्नै क्लब सङ्ग्रहालय निर्माण गर्ने नेपाली फुटबल क्लब आदि।

उपाधिहरू

१९७१-७२,१९७२-७३,१९७३-७४,१९७९,१९८१-८२,१९८४
  • खुकुरी गोल्डकप: १[६]
१९९८
२०१०

एएफसी प्रतियोगिता प्रदर्शनी

  • एसियाली क्लब च्याम्पियनसिप
    • १ सहभागीता : १९९१ छनोट चरण[८]

सन्दर्भ सामाग्रीहरू

बाह्य सुत्रहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद