आइसिसी पुरुष टि२० विश्वकप

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीलाई आइसिसी वर्ल्ड टि -ट्वान्टी तथा आइसिसी टि-ट्वान्टी वर्ल्डकपको नामले पनि चिनिन्छ । यो पूर्णत आइसिसीको टुर्नामेन्ट हो जसमा १२ वटा टिमले भाग लिने गरेका छन् । यस टुर्नामेन्टमा १० वटा टिम पूर्ण आइसिसी सदस्यता प्राप्त रहन्छन् भने २ वटा टिम असोसिएट राष्ट्रहरु आइसीसी छनौटबाट सहभागी हुन्छन । सामान्यतया यो टुर्नामेन्ट प्रत्येक २ वर्षमा सञ्चालन हुने गरेको छ । सन् २०१४ को आइसिसी वर्ल्ड टि -ट्वान्टीमा भने जम्मा १४ वटा राष्ट्र सम्मलित हुनेछन जसमा नेपालको पनि सहभागिता रहेको छ ।

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
प्रशासकआइसिसी
ढाँचाटि-ट्वान्टी
पहिलो प्रतियोगिता२००७  दक्षिण अफ्रिका
पछिल्लो प्रतियोगिता२०२२  अस्ट्रेलिया
आगामी प्रतियोगिता२०२४  अमेरिका
 वेस्ट इन्डिज
प्रतियोगिताको ढाँचाराउन्ड रोबिन,सुपर ८ तथा सेमी-फाइनल तथा फाइनलबाट नतिजा
टिम सङ्ख्या१६
वर्तमान विजेता इङ्ल्यान्ड (२ औंं उपाधि)
सबैभन्दा सफल (२ उपाधि प्रत्येक टिम)
सर्बाधिक रनभारत विराट कोहली (११४१)[१]
सर्बाधिक विकेटबङ्गलादेश साकिब आल हासान (४७)[२]
२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

यो टुर्नामेन्टको सुरुवात सन् २००७मा दक्षिण अफ्रिकामा भएको थियो जसमा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराएर पहिलो आइसिसी वर्ल्ड टि -ट्वान्टी जित्न सफल भएको थियो ।

टुर्नामेन्टको स्वरूप

एउटा समुह अन्तर्गत (समुह चरण तथा सुपर ८ दुवै चरणमा), दुवै समुहमा रहेका टिमको अंकलाई निम्न आधारले छुट्याइनेछ [३]

  1. अधिकतम अङ्क भएमा
  2. बराबरीको अवस्थामा , अधिकतम जित संख्या
  3. यदि अझै पनि बराबर रहेको अवस्थामा, अधिकतम नेट रन रेट
  4. यदि अझै पनि बराबर रहेको अवस्थामा, न्यूनतम बलिंग स्ट्राइक रेट
  5. यदि अझै पनि बराबर रहेको अवस्थामा, हेड टु हेड मा निर्णय

छनौट प्रक्रिया

टेस्ट खेल्ने क्रिकेट राष्ट्र यस टुर्नामेन्टको लागि स्वत: छनौट हुन्छन भने बाँकी रहेको टिमको स्थान आइसीसीको छनौट टुर्नामेन्टबाट स्थान पक्का गर्छन । सन् २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा भने विश्व क्रिकेट लिग,टेस्ट नखेल्ने राष्ट्रहरु सम्मलित ५० ओभरको टुर्नामेन्टबाट टिमलाई छानिएको थियो । दुईवटा फाइनलिस्ट टिम केन्या तथा स्कटल्याण्डलाई सन् २००७ को टुर्नामेन्टको लागि चयन गरिएको थियो । त्यसपछिका टुर्नामेन्टमा भने वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियोगिताबाट टिमलाई छानिने गरेको छ । त्यसपछी अफगानिस्तान (२०१०,२०१२), आयरल्यान्ड (२००९,२०१०,२०१२), नेदरल्यान्ड (२००९) तथा स्कटल्याण्ड (२००९) मा छानिएका छन् ।

आयोजक

यसका आयोजक आइसिसी हो ।

परिणाम

वर्षआयोजक राष्ट्र(हरू)फाइनल खेलिएको स्थानफाइनल
विजेतापरिणामउप विजेता
२००७
विवरण
 दक्षिण अफ्रिकावान्डररर्स स्टेडियम, जोहानेसबर्ग  भारत
१५७/५ (२० ओभर)
भारत ५ रनले विजयी
स्कोरकार्ड
 पाकिस्तान
१५२ अल आउट (१९.४ ओभर)
२००९
विवरण
 संयुक्त अधिराज्यलर्ड्स क्रिकेट ग्राउन्ड, लन्डन  पाकिस्तान
१३९/२ (१८.४ ओभर)
पाकिस्तान ८ विकेटले विजयी
स्कोरकार्ड
 श्रीलङ्का
१३८/६ (२० ओभर)
२०१०
विवरण
 वेस्ट इन्डिजकेनसीङ्गटन ओभल, बार्बडोस  इङ्ल्यान्ड
१४८/३ (१७ ओभर)
इङ्ल्यान्ड ७ विकेटले विजयी
स्कोरकार्ड
 अस्ट्रेलिया
१४७/६ (२० ओभर)
२०१२
विवरण
 श्रीलङ्काआर प्रेमदासा स्टेडियम, कोलम्बो  वेस्ट इन्डिज
१३७/६ (२० ओभर)
वेस्टइन्डिज ४ विकेटले विजयी
स्कोरकार्ड
 श्रीलङ्का
१०१ अल आउट (१८.४ ओभर)
२०१४
विवरण
 बङ्गलादेशशेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका  श्रीलङ्का
१३४/४ (१७.५ ओभर)
श्रीलङ्का ६ विकेटले विजयी
स्कोरकार्ड
 भारत
१३०/४ (२० ओभर)
२०१६
विवरण
 भारत

एडेन गार्डेन, कोलकाता

२०२०
विवरण
 अस्ट्रेलिया

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद