अश्वमेध यज्ञ

अश्वमेध यज्ञ हिन्दू धर्मको पौराणिक कालमा गरिने एक प्रकारको यज्ञ हो । अश्वमेध यज्ञ श्याम कर्ण घोडा (घोडाको एक प्रजाती)को वैद्धिक विधी पूर्वक वध गरिने यज्ञ हो । यो यज्ञ पौराणिक कालका राजाहरूले सर्व सुख प्राप्तिको लागि गर्दथे । एक सय वटा अश्वमेध यज्ञ गरेमा स्वर्गको राजा हुन पाउने भएकाले कसैले सय अश्वमेध यज्ञ पुगाउन लागेमा देवराज इन्द्रले यज्ञ बिथोलेका कथाहरू हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन् । अश्वमेध यज्ञ गर्न पहिले श्यामकर्ण घोडालाई वैद्धिक विधी पूर्वक स्नान गराई आभुषाणादिले सिङ्गारेर घोडाको निधारमा अश्वमेध गर्ने राजाको वर्णन लेखिएको धातुको पातो टाँसी पृथ्वी भरमा निम्ताको लागि परिक्रमा गराइन्थ्यो । अश्वमेधको अश्वको रक्षाका लागि अश्वमेध गर्ने व्याक्तिका सेनाहरू पनि घोडासँग हिड्ने गर्थे । अश्वमेधको निमन्त्रण स्विकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मन सायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो । घोडाको रक्षार्थ खटिएका सेनाहरूले घोडा समात्ने व्याक्ति तथा सेनासँग युद्ध गरेर घोडा छोडाउनु पर्ने नियम थियो । यसरी पुरा पृथ्वीको भ्रमण गरेर घोडा अश्वमेध गरिने राज्यमा फर्काए पछि वैद्धिक विधिपूर्वक अश्वमेध यज्ञ गरिन्थ्यो । महाभारत कालका राजा परिक्षित पछि कसैले अश्वमेध गरेको थाह भएको छैन । अश्वमेध यज्ञ गरिने घोडाको प्रजाती नै सिद्धिएकोले त्यो भन्दा पछि अश्वमेध यज्ञ हुन नसकेको अनुमान लगाउन सकिन्छ । महाभारतको एक कथा अनुसार जम्मा आठसय श्याम कर्ण घोडाहरू जन्मिएका थिए । ति सबै श्यामकर्ण घोडाहरू विभिन्न राजाहरूका अश्वमेधमा मारिएका थिए [१]

पाण्डवहरूको अश्वमेध यज्ञ

सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद