अविजित

क्रिकेट इनिङमा यदि ब्याट्सम्यान उक्त इनिङको समाप्ति सम्ममा आउट नभएमा ऊ अविजित रहन्छ । ब्याट्सम्यानको इनिङजारी रहेको अवस्थामा पनि अविजित रहेको हुन्छ । यदि ब्याट्सम्यानको स्कोरको पछाडि * सङ्केत भएमा उ अविजित रहेको बुझिन्छ । जस्तैः१०* लाई १० रनमा अविजित रहेको भनेर पढिन्छ ।

कुनैपनि इनिङको समाप्ति सम्म कम्तीमा एक जना ब्याट्सम्यान अविजित रहन्छ किनकी १० जना आउट हुन्छन् र एघारौँको ब्याटिङ गर्ने साथी हुदैन । प्रथम श्रेणी क्रिकेटमा यदि डिक्लियरेसन गरेमा र सिमित ओभरको क्रिकेटमा निर्धारित गरिएको ओभर समाप्त भएमा दुई जना ब्याट्सम्यान पनि अविजित रहन सक्छन् । ब्याटिङ क्रममा अविजित रहेको ब्याट्सम्यान भन्दा तल रहेका ब्याट्सम्यानहरू भने अविजित नभइ ब्याटिङ नगरेको भनी उल्लेख गरिन्छ;तर यदि ब्याट्सम्यान क्रिजमा आएमा र उसले १ बल सामना नगरे पनि उ अविजित हुन्छ । यदि कोही ब्याट्सम्यान घाइते भएर मैदान छोडेमा उ अविजित रहन्छ तर यदि घाइते नभइ मैदान छोडेमा भने उ रिटायर्ड आउट हुन्छ ।

ब्याटिङ औषत निकाल्दा रनलाई आउटले भाग गरिन्छ, यसरी ब्याट्सम्यान अविजित रहेमा उसको ब्याटिङ औषतमा वृद्धि हुन्छ ।[१] उदाहरणका लागि माइकल बेभन (एकदिवसीय अन्तर्राष्ट्रियमा ६७ पटक अविजित), र बिल जोनस्टन १९५३ को इङ्ल्यान्ड विरुद्ध अस्ट्रेलिया शृङ्खलामा ब्याटिङ औषतको शिर्ष स्थानमा रहनु ।[१]

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद