अपराजिता

अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो । यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ । नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ । अपराजितामा केराउको जस्तै कोसामा मुसुरोको दाल जस्तै काला गेडा लाग्ने गर्दछ । [१]

अपराजिता
अपराजिताको बोट
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Fabales
कुल:
Fabaceae
वंश:
Clitoria
प्रजाति:
C. ternatea
वैज्ञानिक नाम
Clitoria ternatea
L.
फूल र कलिलोदेखि पाक्नेबेलासम्म विभिन्न अवस्थाका कोसाहरू
यसको आकारले नै यसका केही नाम राखिएका पाइन्छन्

अपराजिताको औषधीय गुणहरू

अपराजितालाई आयुर्वेदमा शीतल, त्रिदोषनाशक, शीतवीर्य, बुद्धिदायक, विरेचक, मुत्रनिस्सारक, कृमीनाशक, विषनिवारक, नेत्ररोगमा हितकारी, क्षयरोगजन्य गन्थीहरूमा गुणकारी, पेट सुन्निनेमा लाभकारीको रूपमा वर्णन गरिएको छ । अपराजिताको बोटको सबै भागहरू उतिकै गुणकारी भएको मानिन्छन । यसले अण्डवृद्धि, गलगाँड, गाँठा-गिर्खा, जन्डिस, गर्भपात, जलोदर तथा पुरानो खोकीमा लाभ पुर्याउँछ । उपचारका लागि सर्वाङ्ग वा बीउको धूलो एक चम्चा खाना खानुअघि मनतातो पानीसँग खान सकिन्छ । ताजा तथा सुकेको टुक्रा चुस्न पनि सकिन्छ ।[१]यसको जरा तितो हुन्छ । कब्जियत, पिसाब रोकिएको, पेटभित्र अस्वभाविक तवरले पानी जमेको (Ascites) र ज्वरोमा यसको जराको सेवन गरिन्छ । कान दुखेको, कलेजोको रोग, चर्केको फुटेको (Eruptions)मा यसको पात उपयोगी मानिन्छ । दीर्घ खालको ब्रोङकाइटिसमा कफ निकाल्न यसको जराको रस खाइन्छ । कब्जियत र Viscera मा कुनै रोग लागेमा यसको बीउ उपयोगी मानिन्छ । सर्पले टोकेकोमा यसको विरुवा उपयोगी मानिन्छ । [२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद