जिल्यानडिया

महादेश

१७०°पू॰ / ४०°S १७०°E / -40; 170

जिल्यानडिया एक जलमग्न महाद्वीपीय भू-भाग हो जसलाई न्युजिल्यान्ड महाद्वीप वा तस्मान्टिस पनि भनिन्छ।[२] लगभग ८.५ देखि १३ करोड वर्ष पहिले जिल्यान्डिया र अस्ट्रेलिया महाद्वीपहरू अन्टार्कटिकाबाट छुट्टिएपछि यो महाद्वीप लगभग ६–८.५ करोड वर्ष पहिले अस्ट्रेलियाली महाद्वीपबाट छुट्टिएर बिस्तारै डुब्दै गएको थियो।[३] यो महाद्वीप सम्भवतः २ करोड ३० लाख वर्ष पहिले पूर्ण रूपमा जलमग्न हुँदा आज महाद्वीपको विशाल भाग (९३%) प्रशान्त महासागरमा डुबेको छ। हालको परिभाषा अनुसार यो विश्वको सबैभन्दा ठूलो महाद्वीपीय भू-भाग वा सुक्ष्ममहाद्वीप हो, जसको क्षेत्रफल लगभग ४,९२०,००० वर्ग किलोमिटर छ।[४][५] यसको क्षेत्रफल दोस्रो ठूलो सुक्ष्ममहाद्वीप आकारभन्दा दोब्बरले र अस्ट्रेलिया आकारको आधाभन्दा बढी छ।[६] यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणले गर्दा जिल्यान्डियालाई कहिलेकाहीँ पूर्ण महाद्वीप पनि मानिन्छ।

जिल्यान्डियाको भौगोलिक विवरण। अस्ट्रेलिया (माथिल्लो बायाँ), फिजी वा भानुअटुको (माथिल्लो केन्द्र) विपरीत, न्युजिल्यान्डको उत्तर-उत्तरपूर्व र दक्षिण-पश्चिममा फैलिएको ढलानहरूलाई जिल्यान्डिया महाद्वीपीय भू-भागको मानिएको छैन। [१]

जिल्यान्डियालाई जलमग्न महाद्वीप, महाद्वीपीय टुक्रा वा सूक्ष्ममहाद्वीपको रूपमा विभिन्न रूपमा वर्णन गरिएको छ। सन् १९९५ मा ब्रुस लुयन्डिकले जिल्यान्डियाको नाम र अवधारणा प्रस्ताव गरी उपग्रह छविहरू मार्फत यसको आकार लगभग अस्ट्रेलिया आकारको जत्तिकै भएको देखाएको थियो। सन् २०२१ को एक अध्ययनले जिल्यान्डिया एक अर्ब वर्ष भन्दा बढी पुरानो भएको देखाउँदा यसको उमेरबारे भूगर्भविद्हरूले बनाएको पुरानो धारणा भन्दा यो दुई गुणा बढी थियो।[७][८]

सन् २०२३ मा जिल्यान्डियाको नक्साङ्कन सम्पन्न भएको थियो।[९] लगभग ४,९००,००० वर्ग किलोमिटरको कुल क्षेत्रफलको साथ जिल्यान्डिया सुक्ष्ममहाद्वीप र महाद्वीपीय टुक्राहरू भनिने कुनै पनि विशेषताहरू भएको स्थान भन्दा धेरै ठूलो छ। यदि जिल्यान्डियालाई सुक्ष्ममहाद्वीपको रूपमा वर्गीकृत गरियो भने यो विश्वको सबैभन्दा ठूलो सुक्ष्ममहाद्वीप बन्ने छ। यसले अर्को सबैभन्दा ठूलो सुक्ष्ममहाद्वीप माडागास्करको क्षेत्रफलभन्दा ६ गुणाले र अस्ट्रेलिया महाद्वीपको आधा भन्दा बढी क्षेत्रफल ओगटेको छ। जिल्यान्डियाको क्षेत्रफल विश्वको सबैभन्दा ठूलो अन्तर-महासागरीय ठूलो आग्नेय चट्टानी क्षेत्र, ओन्टोङ जाभा पठार (लगभग १,९००,००० वर्ग किलोमिटर) र विश्वको सबैभन्दा ठूलो टापु, ग्रिनल्यान्डको (२,१६६,०८६ वर्ग किलोमिटर) आकारभन्दा दुई गुणा बढी छ। जिल्यान्डिया विश्वको सबैभन्दा ठूलो प्रायद्वीप, अरब (३,२३७,५०० वर्ग किलोमिट) र भारतीय उपमहाद्वीप (४,३००,००० वर्ग किलोमिटर) भन्दा पनि ठूलो छ। यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणहरूले गर्दा न्युजिल्यान्ड, न्यु क्यालेडोनिया र अस्ट्रेलियाका केही भूगर्भविद्हरूले जिल्यान्डिया सुक्ष्ममहाद्वीप वा महाद्वीपीय टुक्राको सट्टा महाद्वीपको रूपमा विचार गर्नुपर्ने सबै आवश्यकताहरू पूरा गर्दछ भन्ने निष्कर्ष निकालेका छन्।[१०] भूगर्भविद् निक मोर्टिमरको टिप्पणी अनुसार यदि जिल्यान्डिया समुद्रको सतह भन्दा तल नडुबेको भए यसलाई धेरै पहिले नै महाद्वीपको मान्यता दिइने थियो।[११]

जनसङ्ख्या

सन् २०२४ को तथ्याङ्क अनुसार जिल्यान्डियाको कुल मानव जनसङख्या लगभग ५० लाख ४० हजार रहेको छ। जसमध्ये सबैभन्दा ठूलो सहर अकल्यान्डको जनसङ्ख्या लगभग १० लाख ७० हजार रहेको छ जुन महाद्वीपको कुल जनसङ्ख्याको लगभग एक तिहाइ जनसङ्ख्या हो।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद