चन्द
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
चन्द नेपालको सुदूर पश्चिम, मध्य पश्चिम हुँदै नेपाल भरी बसोवास भएका चन्द्र वंशी क्षेत्रीय ठकुरी मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको बैतडीदेखी मध्य पश्चिमको प्युठान हुँदै म्याग्दी, पोखरा हुँदै काठमाडौंसम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । भारतका विभिन्न भु-भागहरू मध्य खासगरी उत्तराखंड राज्यको काँगडा, गढवाल, कुमाउँ, पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन कत्युर राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा नेपालको काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् । नेपालमा चन्द ठकुरीहरूको अत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनीतिक इतिहासका महान् शहिद दशरथ चन्दको योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।[१]त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका लोकेन्द्रबहादुर चन्दलाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ । उनीपछि विभिन्न चन्दहरू नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।[१]यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औँ शताब्दीदेखि चन्दवंशले १९ औँ शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।[१]
"https://www.search.com.vn/wiki/?lang=ne&title=चन्द&oldid=1203948" बाट अनुप्रेषित