घडिअर्वा पोखरी
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
घडिअर्वा पोखरी वीरगंजको एउटा ऐतिहासिक पर्यटकीय स्थल हो । घडिअर्वा पोखरीको उद्घाटन वि.सं.२०५६ साल पौष १३ गते मंगलबारका दिन तत्कालिन राजा वीरेन्द्र शाहले गरेका थिए ।[१] पहिला यो एउटा पोखरी मात्र थियो त्यसपछि परिसरको रूपमा चिनिन थाल्यो । यस पोखरी परिसरमा छठ पर्वको बेलामा ठूलो मेला लाग्ने गर्दछ । घडिअर्वा पोखरी छठ पर्वकै पूजाका लागि लक्ष्य गरी निर्माण गरिएकाले वर्षेनि छठका बेला यसको चर्चा हुन्छ । वीरगञ्ज उपमहानगरपालिकाले घडिअर्वा पोखरीको डिजाइन नै ब्रतालुलाई सजिलो हुनेगरी बनाएको छ, छठकै लागि सूर्यमन्दिर, गंगा माता समेतको मूर्ति पनि निर्माण गरिएको छ । [२]